close

सुनापतिको ५ नम्बर वडाले बनायो आफ्नै भवन

सुनापतिको ५ नम्बर वडाले बनायो आफ्नै भवन

Trulli
ADVERTISEMENT

रामेछाप–रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ५ ले प्रशासनिक भवन निर्माण गरेको छ । प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले नवनिर्मित वडा भवन उद्घाटन गरे ।

 

वडा भवन निर्माणपछि अब नयाँ कार्यालय भवनबाट काम सुरु गरिने वडा नम्बर ५ का वडाध्यक्ष ठूलोकान्छा तामाङले
बताए । सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टले स्थानीय निकायमा निर्वाचित भएपछिका ५ वर्षमा धेरै काम भएको दाबी
गरिन् ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठ, सुनापति पालिकाका अध्यक्ष धाबा लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि उपस्थित थिए ।