close

महालक्ष्मीका गाउँटोलमा पक्की सडक निर्माण

महालक्ष्मीका गाउँटोलमा पक्की सडक निर्माण

Trulli
ADVERTISEMENT

धनकुटा–सडक पूर्वाधार निर्माण हरेक स्थानीय तहको प्राथमिकतमा पर्दै आएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाले विकासको मेरुदण्ड सडक निर्माणलाई जोड  दिएकै कारण विकट क्षेत्रका घरगाउँका सडक चिल्ला भएका छन् ।

 

नागरिकको जीवनस्तर उकास्न सडकले अहं भूमिका खेलेको छ । नागरिकलाई नगरको प्रशासनिक भवनमा आएर सहजै सेवा लिन नगरपालिकाले सडक निर्माणमा वर्सेनि बजेट खर्च गरिरहेको छ ।

 

महालक्ष्मी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउँदा अधिकांश सडक कालोपत्रे थिएनन् । सडक ग्राभेल नहुँदा हिउँदमा धुलाम्य हुन्थे । अहिले सडकको स्तरोन्नति भएको छ । विकासको पहिलो पूर्वाधार सडकलाई बनाएर जनप्रतिनिधिले योजना बनाउँदा अहिले सबै वडामा सहज यातायात सञ्चालन गर्न सकिने वातावरण निर्माण भएको छ । 

 

१० घर भएको ठाउँमा सडक पु¥याउनुपर्छ भन्ने मान्यताका साथ सडक निर्माणलाई जनप्रतिनिधिले तीव्रता दिएको छन् । यही क्रममा महालक्ष्मी चक्रपथको अवधारणा पनि अगाडि सारिएको महालक्ष्मीका नगरप्रमुख परशुराम नेपालले बताए  ।

 

महालक्ष्मी चक्रपथ स्तरोन्नतिका लागि विभिन्न चरणमा धेरै काम हुँदै आएका छन् । चक्रपथ निर्माणको उद्देश्य कनेक्टीभिटी नै हो । नगरपालिका कार्यालय रहेको जितपुर सबै वडाबाट नजिक होस् भन्ने हिसाबले चक्रपथ निर्माण गरिएको नगरपालिकाका इन्जिनियर सन्दीपकुमार झाको भनाइ छ ।

 

नगरपालिकाभित्र अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भएको छ । १ सय ५० किलोमिटर बढी सडक सोलिङ र ग्राभेल गरिएको छ । ८० किलोमिटरभन्दा बढी सडक नयाँ खनिएको छ । एसियाली विकास बैंकको सहयोगमा लेगुवादेखि डाडाँगाउँसम्म २१ किलोमिटर कालेपत्रे गर्ने क्रम सुरु भएको छ ।

 

लेगुवादेखि डाँडासम्म २१ किलोमिटर निर्माण हुँदै छ । एडिबीको सहयोगमा यो बाटो बनिरहे पनि हस्तान्तरण भने भएको
छैन । अहिले नागरिकलाई आउजाउ गर्न सहज भएको नगरप्रमुख नेपाल बताउँछन् । 

 

हिउँदयाममा सबैतिर यातायात सुविधा भए पनि वर्षाका बेला असम्भव छ । नगरपालिकाले सबै ठाउँमा बाह्रैमास यातायात
पु-याउन प्रयास गरिरहेको छ । सडकमा मात्र नभई भौतिक पूर्वाधारको प्रगति पनि नगरपालिकामा प्रशंसनीय छ । जितपुर क्याम्पसको भवनसँग सट्टापट्टा गरेर भए पनि नागरिकलाई प्रशासनिक भवनबाटै सेवा दिने अवस्था सिर्जना गरिएको नगरप्रमुख नेपालको दाबी छ । 

 

विभिन्न कार्यालयको सेवा दिन भवन आवश्यक संरचना हो । यसका लागि नगरपालिकाले विभिन्न संस्था तथा शाखा कार्यालयको भवन निर्माणको काम अघि बढाएको छ । अस्पतालदेखि स्वास्थ्य भवन निर्माण प्रक्रिया अघि बढेको नगरपालिकाका इन्जिनियर झा सुनाउँछन् ।

 

पुल निर्माणमा प्रगति भएको छ । जनप्रतिनिधिको भनाइमा पाँच वर्षमा साँच्चै सडक र पूर्वाधारको क्षेत्रमा नगरपालिकाले फड्को मारेको वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । संघीय सरकारले ७ वटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने लक्ष्य लिएको छ । संघीय सरकारको लक्ष्यलाई महालक्ष्मीमा निर्माण भएका सडकले पछ्याएको देखिन्छ ।