close

फुर्तुङडाँडा–बदमटार सडक कालोपत्रे हुँदै

फुर्तुङडाँडा–बदमटार सडक कालोपत्रे हुँदै

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको छथर जोरपाटी गाउँपालिकाको चुलाचुली र काजीमाने बजारलाई लक्षित गरी डेढ किलोमिटर सडक कालोपत्रे सुरु गरिएको छ । वडा नम्बर २ स्थित जोरपाटी बजारबाट उक्त क्षेत्रमा जाने कालोपत्रे बाटोको लम्बाइ २ किमि ७ सय मिटर पुगेको छ । 

 

गत आव ०७६/७७ मा जोरपाटी बजारबाट फुर्तुङडाँडासम्म गाउँपालिका र राष्ट्रिय योजना आयोगको साझेदारीमा १ किमि २ सय मिटर बाटो कालोपत्रे भएको थियो । हाल निर्माणाधीन डेढ किमि सडक टेन्डरमार्फत पवित्रापूजा आनन्द जेभी धनकुटाले असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम सुरु गरेको छ । 

 

फुर्तुङडाँडाबाट बदमटारसम्म कालोपत्रे हुन लागेको उक्त सडक गाउँपालिका र आयोगको २ करोड ७८ लाख रुपैयाँ साझेदारीमा निर्माण थालिएको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।

 

उक्त बजेटमा ई–टेन्डरमार्फत १ करोड ८० लाख रुपैयाँको स्वीकृत योजनाअनुसार काम सम्पन्न हुन लागेको निर्माण कम्पनीले बताएको छ । सडक निर्माणले पालिकाको वडा नम्बर ३, ४ र ५ वडाका नागरिकलाई जोरपाटी बजार र पालिका प्रशासनिक केन्द्रसम्म आउजाउमा सहयोग पुग्नेछ ।