close

महांकाल पालिकाले स्मार्ट सिटी र निजी रंगशाला बनाउने

महांकाल पालिकाले स्मार्ट सिटी र निजी रंगशाला बनाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । गाउँपालिकाले स्मार्ट भिलेज र निजी रङ्गशाला बनाउने भएको छ । महांकाल गाउँपालिका- ३ को च्यान डाँडो काटी स्मार्टी सिटी र  रंगशाला बनाउन लागिएको पालिका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिए । डाँडो काट्न तीन वर्ष लाग्ने भएकाले समय लाग्ने उनले बताए । 

‘च्यान डाँडो काट्ने योजना पालिकाको नीति तथा कार्यक्रममा रखिएको  छ । ‘चाँडै यो विषयमा छलफल गरेर यसको कार्यान्वयन सुचारु गर्ने तयारीमा रहेका छौँ ,’ उनले भने । 

सानो डाँडा भएकाले कुनै प्रकारको क्षति व्यहोर्नु नपर्ने उनको विश्वास छ । तर यो डाँडा खन्न हुने वा नहुने अध्ययन भने गरिएको छैन ।स्थानीयसँग छलफल गरेर डिपिआर तयार पार्ने उनले बताए । 

लगभग १०० मिटर लम्बाइ, २५ देखि १०० मिटर चौडाइ र ४० मिटर उचाइ रहेको यो डाँडो काट्दा डाँडो नजिकैका  तीन घरलाई असर पार्ने देखिएको छ । 

‘एउटा घरलाई पुन स्थापना गर्ने सहमती भइसकेको छ । बाँकी दुई घरलाई सुरक्षित दिइने छ,’ उनले भने ।

स्मार्ट भिलेज र स्टडियम बन्दा नागरिकलाई थप सुविधा र फाइदा हुने उनी बताउँछन् ।  

महांकालमा खेलकुदको विकास र पर्यटनलाई आकर्षण गर्न यो योजना अगाडी ल्याइएको अध्यक्ष्य केसीले बताए । सरकारले पनि हरेक स्थानीय तहमा निजि रङ्गशाला बनाउनुपर्ने नीतिसमेत ल्याएको छ । गाउँपालिकामा प्रसस्त खुला र समथर भूभाग नभएको डाँडो काट्नु परेको उनले पालिका खबरलाई बताए ।