close

पर्वतमा एकै वर्ष १४ झोलुङ्गे पुल

पर्वतमा एकै वर्ष १४ झोलुङ्गे पुल

Trulli
ADVERTISEMENT

काठमाडौं । पर्वतमा एकै वर्ष १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

जिल्लाका विभिन्न पालिकामा साना तथा ठूलामा गरी एकै वर्षमा कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशीलामा दुई, विहादीमा एक  र पैँयू गाउँपालिकामा ६ वटा गरी  आव २०७८/७९ मा १४ पुल निर्माण भएका हुन् । 

कुश्मामा निर्माण भएका पुलमध्ये  वडा नं–२को  खुर्कोटस्थित खहरेखोला, वडा नं ९को  कटुवाचौपारीमा चिन्नेखोला र वडा नं ३ को दुर्लुङमा बडहरेघाट झोलुङ्गे पुल निर्माण भएका हुन् । 

त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेमा भुरुङदीखोला लाङ्घाली झोलुङ्गे पुल र वडा नं ७ मा जहरेखोला झोलुङ्गे पुल निर्माण भएका छन् । यसैगरी महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा थापाथर झोलुङ्गे पुल निर्माण भएको छ भने वडा नं ३ बालाकोटमा गङ्गाधर गुफा झोलुङ्गे पुल निर्माण भएको पुल निर्माणकर्ता खुर्कोट युवा क्लबले जनाएको छ ।     

यसैगरी विहादी गाउँपालिका–६ शालिग्राममा सेतीवेनी स्टिल ट्रस निर्माण गरिएको छ । यता पैन्यू गाउँपालिका–५ मा डुडेघाट झोलङ्गे पुल, वडा नं ५ मै काभ्रा भञ्ज्याङ स्टिल ट्रस, पैँयू वडा नं ४ हुवासमा चिसापनी स्टिल ट्रस, वडा नं ७ मा अर्थुन–बेउलीवास झोलुङ्गे पुल, वडा नं ६ मा कटुवाघाट झोलुङ्गे पुल निर्माण भएका छन् । 

त्यसैगरी घाङ्गरे झोलङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको क्लबले जनाएको छ । निर्माण भएका झोलुङ्गे पुलमध्ये आठवटा इन्प्रेड नेपालको सहजीकरण र बाँकी खुर्कोट युवा क्लबको सहजीकरणमा निर्माण भएका हुन् ।

निर्माण भएका १४ वटा झोलुङ्गे पुल श्रमदानसहित रु ४ करोड ८१ लाख ८ हजार ३५५को लागनीमा सम्पन्न भएको उक्त क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । 

नौ लाख ६२ हजारबराबरको श्रमदान गरेकामा उक्त क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेको उनले जानकारी दिए ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लुएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र दुई प्रतिशत श्रमदानमा पुल निर्माण भएको अधिकृत शर्माले बताए ।