close

हुम्लाको ताँजाकोटमा बत्ती बलेपछि स्थानीय हर्षित

हुम्लाको ताँजाकोटमा बत्ती बलेपछि स्थानीय हर्षित

Trulli
ADVERTISEMENT

काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकामा बिजुली बत्ती बलेको छ । 

बेलायती सेनाको सहयोगार्थ सञ्चालित कादुरी एग्रिकल्चरल एसाेसिएसन ब्रिटिस गोर्खाजको आठ करोड ८४ लाख सहयोग र स्थानीयको २ करोडबराबरको श्रमदानमा ११२ किलो वाट क्षमताको प्रोजेक्ट सम्पन्न भएको वडा नम्बर-५ का अध्यक्ष मंगल नेपालीले जानकारी दिए । 

कर्पुखोला लघु जलविद्युत् आ योजना निर्माण कार्य सम्पन्न भई दुई सय ५६ दिनमै बत्ती बलेपछि ताँजाकोट गाउँपालिकाका नाै सय घरधुरी लाभान्वित भएको नेपालीले बताए ।

ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ को मासपुर गाउँबाहेक सबै गाउँमा झिलिमिली बत्ती बलेको अध्यक्ष नेपालीको भनाइ छ ।