close

मेलम्चीमा भित्री सडक निर्माण प्राथमिकतामा

मेलम्चीमा भित्री सडक निर्माण प्राथमिकतामा

Trulli
ADVERTISEMENT

मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ ।

मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इञ्जीनियर जितबहादुर कार्कीले जानकारी दिए। नमुना मार्ग भवन तथा सहरी विकास कार्यालय धुलिखेलमार्फत विनियोजित रु ५० लाख बजेटले काम भइरहेको छ।

यो सडकको निर्माणपछि बजारको सवारी चाप केही हदसम्म कम हुने नगरपालिकाले अपेक्षा गरेको छ । मापदण्ड नपुगेका स्थानमा कम्पाउन्ड भत्काएर सडक विस्तार गरेको कार्कीले बताउँछन्। पूर्वाधार विकास कार्यालय चौताराको सहयोगमा सोही सडकमा पर्ने जागेश्वरी पक्की पुल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । 

पुल निर्माणको काममा केही ढिलासुस्ती भएको स्थानीयवासीको गुनासोपछि नगरपालिकाले पटक–पटक ताकेता गरे पनि पुस मसान्तसम्म सडक र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इञ्जीनियर कार्कीले जानकारी दिए। 

नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले भित्री सडक निर्माणलाई प्राथमिकता दिएको बताउँछन्। साथै टार–पिपलबोट भित्री सडक निर्माणका लागि समेत रु दुई करोड विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।