close

अवरुद्ध कृष्णमार्ग सञ्चालन हुने

अवरुद्ध कृष्णमार्ग सञ्चालन हुने

Trulli
ADVERTISEMENT

तनहुँ। घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्ग सञ्चालन हुने भएको छ । विगत एक महिनादेखि अवरुद्ध रहेको उक्त मोटरमार्ग पुस २८ गतेदेखि सञ्चालन हुन लागेको हो ।

कृष्ण मोटरमार्गअन्तर्गत खिलाबाट पोखरीछापसम्मको बाटो कालोपत्रका लागि उक्त मार्ग अवरुद्ध भएको छ । मोटरमार्ग अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ । 

गाउँपालिकामा बसेको सर्वदलीय बैठकले २८ गतेदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाअन्तर्गतका सबै राजनीतिक दलका प्रतिनिधि तथा यातायात व्यवसायीबीच भएको छलफलपछि मोटरमार्ग सञ्चालन गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए । पुस २७ गतेसम्म सडक कालोपत्रका काम सम्पन्न हुने भएको छ ।