close

थुलुङ दुधकोशीमा एटीएम सेवा सुरु

थुलुङ दुधकोशीमा एटीएम सेवा सुरु

Trulli
ADVERTISEMENT

सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा लक्ष्मी बैंकको एटीएम सेवा सुरु भएको छ । आज विहिबार एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख असिम राईले उक्त एटीएमको उद्घाटन गरेका हुन्। 

पालिका अध्यक्ष राईले पहाडी जिल्लामा नै पहिलोपटक बैंक राख्न सफल भएको दावी गरेका छन्। नागरिकको सेवालाई सहज र सरल बनाउनुपर्ने दायित्व ठानी काम गरिरहेको स्मरण गर्दै अध्यक्ष राईले अब बैंकमा लाइन बस्नुपर्ने र झण्झटिलो प्रक्रियाबाट रकम निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताएका छन्।

उक्त एटीएम गाउँपालिकाको प्रशासनिक भवनमा राखिएको छ।