close

दोमुखा माईधार सडक खण्ड कालोपत्रेका लागि शिलान्यास

दोमुखा माईधार सडक खण्ड कालोपत्रेका लागि शिलान्यास

Trulli
ADVERTISEMENT

 झापा । शिवसताश्री नगरपालिकाको दोमुखा माईधार सडक खण्ड कालोपत्रे हुने भएको छ । नगरपालिकाको वडा नम्बर ९ स्थित सो सडक कालोपत्रेका लागि मंगलबार एक समारोहमा शिलान्यास गरिएको छ ।

संघीय सांसद एलपी सांवा लिम्बुको प्रमुख आतिथ्यमा नगरप्रमुख मेगाहाङ थोप्रासहितको जनप्रतिनिधिले सडकको शिलान्यास गरेका हुन् ।  सो सडक कालोपत्रेका लागि  ५ करोड रुपैयाँ वजेट विनियोजना गरिएको नगरप्रमुख थोप्राले बताए । 

उनले  पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको २ किलोमिटर ९ सय मिटर सडक कालोपत्रे हुन लागेको  बताए । 

सडक कालोपत्रे भएसँगै नेपालका साथै सीमावर्ती सँगै भारतका पर्यटकसमेत दोमुखाको भ्रमणमा आउने अपेक्षा उनको छ । 


सो क्षेत्र वर्षौदेखि ओझेलमा रहेको उनले बताए । उनले सडक कालोपत्रे भएसँगै सो क्षेत्रमा आगमनमा सहयोग पुग्ने उनले बताए । उनले सो क्षेत्रको पर्यटन विकासको लागि पालिकाले विभिन्न आयोजना सञ्चालनमा ल्याएको बताए ।