close

भोटेकोसीको बगाममा सञ्चारको पहुँच

भोटेकोसीको बगाममा सञ्चारको पहुँच

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। भोटेकोसी गाउँपालिकाको बगाम सञ्चारको पहुँचमा जोडिएको छ । नेपाल टेलिकमकले भोटेकोसी गाउँपालिका–१ बगाममा मोबाइलको टावर निर्माण गरेपछि बगामवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । 

गाउँपालिकाका अनुसार उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । टावर निर्माण भएपछी बल्ल बगामवासीको मोबाइलमा कुरा गर्ने सपना पूरा भएको छ । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले थ्रिजी सेवा विस्तार गरेको गाउँपालिकाले जनाएको छ । उक्त क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोसीका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । 

थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते, तारतुङ, सेबुङलगायत गाउँका झण्डै एक सय ६० परिवार  लाभान्वित भएका स्थानीय साङ्गे लामाले जानकारी दिए। यसअघि फोनमा  कुरा गर्न एक घण्टा पैदल हिँडेर लिस्ती पुग्नुपर्ने बाध्यता थियो ।