close

राजनीति पेसा होइन, जनताको सेवा गर्न जनप्रतिनिधि भएको हुँ : योगेन्द्र बिजुक्छें

बिजुक्छें जनप्रतिनिधि हुन् तर, आफै 'स्टेथोस्कोप' बोकेर स्थानीयको घरघरमा पुग्छन्

राजनीति पेसा होइन, जनताको सेवा गर्न जनप्रतिनिधि भएको हुँ : योगेन्द्र बिजुक्छें

बिजुक्छें जनप्रतिनिधि हुन् तर, आफै 'स्टेथोस्कोप' बोकेर स्थानीयको घरघरमा पुग्छन्

Trulli
ADVERTISEMENT

भक्तपुर । जनताको सेवा गर्छु भनेरै निर्वाचित जनप्रतिनिधिहरू जनताको घरदैलो पुग्नु नौलो विषय होइन । तर जनप्रतिनिधि आफैंले जनताको स्वास्थ्य परीक्षण गर्नु चाहिँ नौलो अभ्यास हो भन्दा फरक नपर्ला । 

भक्तपुर नगरपालिका-५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छें आज पनि जनताको सेवामै छन् । आज बिदाको दिन हो । धेरैजसो जनप्रतिनिधिहरू आफ्नो 'पर्सनल' काममा छन् । तर योगेन्द्रमान शनिबार पनि जनताको सेवामै छन् । आज दिनभर ४ वटा जनताका काम गर्नुपर्ने उनको सेड्युअल छ । आज बिहानै उनले रक्तदानसमेत गरेका छन् । 

उनका अनुसार चिकित्सक साथीहरूको संगत र घरमा आमाबुबाको पनि नियमित सामान्य परीक्षण गर्दा गर्दै आफूले रक्तचाप र ज्वरोजस्ता सामान्य परीक्षण जानेको हुँदा यसको सदुपयोग गरेको पालिका खबरलाई बताए । उनका अनुसार स्वास्थ्य परीक्षणमात्र नभएर वृद्धवृद्धाको अवस्थाबारे जान्न र उनीहरूको कुरा सुन्न पनि आफू घरदैलोमा जाने गरेको उनले बताए । 

उनले पालिका खबरसँग भने,'यो जनताको सेवा हो । जनताको सेवा गर्न भनेरै जनप्रतिनिधि भएर आएको हुँ । राजनीति पेसा होइन । पेसा मन पराउनेले राजनीति होइन ।' वडाध्यक्ष बिजुक्छेंसँग मृत्यु, जन्म, गर्भवति तथा सुत्केरी भएको सबै तथ्यांक छ । उनलाई यि तथ्यांकहरू हरेक महिना स्वास्थ्य स्वय‍म‍्सेविकाले अपडेट गराउछन् । 

उनी आफै 'स्टेथोस्कोप' बोकेर हरेकजसो बिहान स्थानीयको घरघरमा पुग्छन् । उनी आफैं वृद्धवृद्धासँगै स्थानीयको रक्तचाप परीक्षण गर्छन् । यस कार्यमा उनलाई स्वयम‍्सेविकाले सहयोग गर्छन् । स्थानीयको अवस्था बुझ्न घरघरमा जानु दैनिकी नै हो । 

यस कार्यबाट स्थानीयहरू खुशी छन् । अस्पतालसम्म पुग्न मुस्किल वृद्धवृद्धाले घरमै आफ्नो स्वास्थ्यबारे जान्न पाएका छन् । साच्चिकै उनीहरूले स्थानीय सरकार भएको महशुस गरेको बताउँछन् । घरदैलोमा गएर स्वास्थ्य परीक्षण कार्यक्रम जनप्रतिनिधिको पहिलो कार्यकालदेखि नै जारी रहेको उनले बताए ।