close

भक्तपुर र जैमिनीका नगरप्रमुखबीच भेट

भक्तपुर र जैमिनीका नगरप्रमुखबीच भेट

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनबीच शुक्रबार भक्तपुर नगरपालिका सभाकक्षमा भेटघाट भएको छ। 
 भेटमा दुई नगर प्रमुखबीच शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, कृषि, र समग्र विकास निर्माणको विषयमा अनुभव आदानप्रदान भएको भक्तपुुर नगरपालिकाले जनाएको छ। 
भेटको क्रममा भक्तपुरका प्रमुख प्रजापतिले नगरपालिकाले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादउन्मुख काम गरिरहेको बताए। उनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिब जनताका छोराछोरीलाई उच्च शिक्षामा छात्रवृत्ति, शैक्षिक ऋणको व्यवस्थाका साथै ख्वप अस्पतालमार्फत सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताएका छन्।
भेटमा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले जैमिनी आर्थिक रुपले पछाडि परेको, विभिन्न संघ संस्थाहरुलाई अनुदान रोक्न नसकेको, विकास निर्माणमा भौगोलिक अवस्थाले समस्या भएको बताए। उनले आफूहरू भक्तपुर नपाले गरेको कामबाट केही सिक्न चाहेको बताए।