close

कीर्तिपुरका वडा नम्बर ४ का वडाध्यक्ष अधिकारीको मृत्यु

कीर्तिपुरका वडा नम्बर ४ का वडाध्यक्ष अधिकारीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ । अधिकारीको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । 

काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाले जनाएको छ । उनी गत बैशाख १ गते मोटर साइकल दुर्घटनामा परेका थिए । 

नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यका अनुसार उपचारबाट क्रमिक स्वास्थ्य सुधार भइरहेको अधिकारीलाई बिहान ३ बजे एक्कासी प्रेसर  बढेको थियो । हाल चिकित्सकले मृत घोषणा गरेको उनले बताइन् । ।

अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए।