close

महानगर क्षेत्रमा भारतीय फिल्म सञ्चालन गर्न रोक

महानगर क्षेत्रमा भारतीय फिल्म सञ्चालन गर्न रोक

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भारतीय फिल्म चल्न नदिने भएको छ । महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भारतीय फिल्म चल्न नदिने जनाएको हो । 

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द  नहटाएसम्म फिल्म चल्न नदिने जनाएको छ । उनले लेखेका छन्, 'जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिदैँन तबसम्म काठमाडौं महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।'

उनले सो फिल्मको विवादित अंश हटाउन र सच्याउनका लागि तीन दिनको समय दिएको जनाएको छ । उनी लेख्छन्, 'सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस ।'