close

अनुदानको ४० प्रतिशत पठाउने भएपछि स्थानीय तहको आन्दोलन फिर्ता

अनुदानको ४० प्रतिशत पठाउने भएपछि स्थानीय तहको आन्दोलन फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं ।   गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सबै कार्यक्रम फिर्ता लिएका छन् । सरकारले स्थानीय तहलाई चालू आर्थिक वर्ष २०७९/०८० मा समानीकरण अनुदानमध्ये अन्तिम किस्ताको ४० प्रतिशत रकम तत्काल पठाउने निर्णय गरेसँगै आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको हो । 

संघले चालु आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहमा पठाउनु पर्ने वित्तीय समानीकरण अनुदान मध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विरोधमा आन्दोलन गर्ने जनाएको थियो । 

संघका अध्यक्ष भीम ढुंगाना र महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्त रुपमा जारी गर्दै आन्दोलन फिर्ता लिने जनाएको छ । सो विज्ञप्तिमा भनिएको छ, ‘समानीकरण अनुदानको बाँकी रकम निकासाका लागि यसअघि संघरमहासंघले तय गरेका आन्दोलनका सबै कार्यक्रमहरु हाललाई स्थगित गरिएको व्यहोरा अवगत गराउँछौं,’ 


सरकारले अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विरोधमा स्थानीय तहका जनप्रतिनिधिहरूले शुक्रबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम घोषणा गरेका थिए ।