close

पालिकामा दिनभर: धनगढीलाई स्थानीयको साथ, हेलम्बुमा पुलले जगायो आस (भिडियो खबर)

पालिकामा दिनभर: धनगढीलाई स्थानीयको साथ, हेलम्बुमा पुलले जगायो आस (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) मकवानपुरको राक्सिराङ गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका परिवारलाई खाद्यान्न वितरण गर्न थाल्यो, वडा नम्बर ७ र ८ का विपन्न परिवारलाई खाद्य सामग्री प्रदान ।


२) ललितपुर महानगरपालिकाले एन्टिजेन विधिमार्फत पालिकावासीको कोरोना परीक्षण गर्न थाल्यो, ३ असारसम्म पालिकाले परीक्षण गर्ने ।

 

३) गएको १८ वैशाखमा दाङमा एउटै कारभित्र मृत भेटिएका तीन बालकको परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले प्रति परिवार एक-एक लाख रुपैयाँ राहत दिने, नगर कार्यपालिकाको बैठकले गर्‍यो यस्तो निर्णय ।


४) अक्सिजन प्लान्ट स्थापना गर्न झापाको कन्काई नगरपालिकालाई सहयोग जुट्दै, व्यक्ति र संघ-संस्थाले रकम सहयोग गर्दै ।

 

५) बागलुङको बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत् ‘हेलो लोक सेवा’ कार्यक्रम सुरु गर्‍यो, कार्यक्रममा विद्यार्थी तथा लोक सेवा तयारी गरेर बसेकाले भाग लिन पाउने ।

 

६) विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट धमाधम सार्वजनिक गर्दै कैलालीका स्थानीय तह, कक्षा एकदेखि नौसम्मका विद्यार्थीको नतिजा सार्वजनिक गरिने ।

 

७) तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि पालिकाबासीसँग माग्यो राय सुझाव, सुझाव २७ जेठभित्र पालिकाको इमेलमा पठाउनुपर्ने ।


८) काठमाण्डौ महानगरपालिकाले २५ जेठदेखि ६० देखि ६४ वर्षसम्म उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने, हरेक वडामा खोप केन्द्र सञ्चालन हुने ।

 

 ९) सुनसरीको इटहरी उपमहानगरपालिकामा कोरोनाका संक्रमित बढेपछि अत्यावश्यकबाहेकका सेवा बन्द, ३१ जेठसम्म नगरपालिका र वडा कार्यालयहरू पनि बन्द हुने ।


१०) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको वडा नम्बर १ मा पर्ने मेलम्ची खोलामा पक्की पुल निर्माण, पालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले गरे पुलको उद्घाटन ।

 

११) पाल्पाको रम्भा गाउँपालिकाले ३० कृषकलाई मौरी र घार वितरण गर्‍यो, घारसहित मौरी अनुदानमा पाएपछि कृषक दंग ।

 

१२) कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल विद्यार्थी संघ स्याङ्जाको  गल्याङ नगरपालिकालाई दियो विभिन्न स्वास्थ्य सामग्री, नगरप्रमुख भुपराज अधिकारीले बुझे स्वास्थ्य सामग्री ।

 

१३) आन्तरिक मूल्याङ्कनमार्फत विद्यार्थीको परीक्षाफल प्रकाशित गर्ने मुगुको सोरू गाउँपालिकाको निर्णय, विद्यालयले जेठ मसान्तभित्र एकसाथ परीक्षाफल प्रकाशन गर्नुपर्ने ।

 

१४) कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई परामर्श सेवा दिन तनहुँका स्थानीय तह सक्रिय, संक्रमितलाई औषधि पनि प्रदान ।

 

१५) जुम्लाका गाउँगाउँमा बढे कोरोना संक्रमित, संक्रमित बढेपछि पालिकाहरुले परीक्षणको दायरा बढाए  ।


१६) अक्सिजन प्लान्ट सञ्चालन गर्न रकम जुटाउँदै कैलालीको धनगढी उपमहानगरपालिका, कोषमा रकम बढ्दै ।


१७) चितवनको राप्ती नगरपालिकाले सुरु गर्‍यो विद्यार्थी सँग नगरपालिका कार्यक्रम, भर्चुअल माध्यमबाट विद्यार्थीलाई विभिन्न विषयमा जानकारी गराइने ।

 

१८) मकवानपुरको हेटौँडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको ३८ लाख रुपैयाँ घरजग्गा व्यवसायीले तिरिदिए,  प्लान्ट खरिद गरेर ल्याउने दिपक खनाललाई रकम हस्तान्तरण ।


१९) डोटीको आदर्श गाउँपालिका-१ चाँसी गाउँका स्थानीय कोरोना संक्रमणबाट प्रभावित, रुघाखोकी र ज्वरोका बिरामी घरघरमा फेला परे ।

 

२०) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियालाई कोरोना संक्रमण पुष्टि, कडरिया बसे होम आइसोलेसनमा ।