close

दोहोर्‍याएर मतगणना गर्दा वडाध्यक्षमा रमेश राय २ भोटले विजयी

दोहोर्‍याएर मतगणना गर्दा वडाध्यक्षमा रमेश राय २ भोटले विजयी

Trulli
ADVERTISEMENT


महोत्तरी- महोत्तरीको मनरासिस्वा नगरपालिकामा २०७४ मा स्थानीय तहको निर्वाचनमा विजयी वडा नम्बर १० का वडाध्यक्ष अरुण कुमार चौधरीले चार वर्षपछि दोहोर्‍याएर मतगणना हुँदा दुई भोटले पराजय भोग्नु परेको छ ।

 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका छन् ।  निर्वाचनमा दुवैजनाले बराबर २६७/२६७ मत ल्याएका थिए । त्यसबेला गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए । त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए । 

 

उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको फैसलाविरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए ।

 

सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो । सर्वोच्च अदालतको आदेशमा  जिल्ला निर्वाचन कार्यालय महोत्तरीले आइतबार दिउँसो उच्च अदालत जनकपुरमा मतगणना गरेको हो ।