close

बाढीले पुल बगाएपछि अन्तरपालिका सवारी आउजाउ ठप्प

बाढीले पुल बगाएपछि अन्तरपालिका सवारी आउजाउ ठप्प

Trulli
ADVERTISEMENT

पाँचथर– केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्‍यfएपछि पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकामा सवारीसाधन आउजाउ बन्द भएको छ ।

 

फिदिम नगरपालिका र कुम्मायक पालिका जोड्ने तमोर करिडोर सडकअन्तर्गत सिवादोभानको मोटरेबल पुलको एकातिरको भाग बाढीले बगाएको हो ।बाढीका कारण निभुखोला र सिवाखोलाले धार परिवर्तन गर्दा पुलको फिदिम नगरपालिकातिरको भाग बगाएको छ ।


पुलको एकातिरको भाग बग्दा कुम्मायक र तुम्बेवा पालिकाबासीलाई सदरमुकाम आउजा गर्न समस्या भएको कुम्मायकका पदम सम्बाहाम्फेले बताए । वर्षाले सडक बिग्रिँदा उत्तरे–यासोक र यासोक–मूलघाट सडक पनि अवरुद्ध छ ।

 

तराईका जिल्ला जाने मानिस कुम्मायक र तुम्बेवाबासी सिवादोभानसम्म एउटा गाडीमा गएर पैदल खोला तरी पुनः अर्को गाडीमा चढेर जान बाध्य छन् । चाँडै पुल मर्मत गरी सवारीसाधन सञ्चालन गर्ने तयारी थालिएको कुम्मायक गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।