close

१८ माघदेखि देशैभर सुकुम्बासीको लगत संकलन

१८ माघदेखि देशैभर सुकुम्बासीको लगत संकलन

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो ।

 

विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पेस गर्न आयोगले आह्वान गरेको छ ।


आफूले आवाद गरेको जग्गाको नापनक्सा सम्बन्धित नापी टोली खटिएपछि गराउन भनिएको छ । आयोगले यसअघि निवेदन दिइसकेकाले निस्सा लिन र जग्गा नाप जाँच र चेकजाँच गराउन सम्पर्क गर्न अनुरोध गरेको छ ।