close

राजगढको अन्धरी टोलमा इँटाबिनै सडक कालोपत्रे !

राजगढको अन्धरी टोलमा इँटाबिनै सडक कालोपत्रे !

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीको राजगढ गाउँपालिकाको वडा नम्बर ३ अन्धरी टोलमा सडक ढलान गर्ने क्रममा इँटाबिनै कमसल छड, बालुवा, गिटी, सिमेन्ट प्रयोग गरी कालोपत्रे भइरहेको स्थानीयले बताएका छन् ।


पालिकामा क्रियाशील राजनीतिक दलले बारम्बार सर्वदलीय बैठक बसी कालोपत्रे अगाडि बढाउन गाउँपालिकालाई आग्रह गरिए पनि पालिका अध्यक्ष अध्यक्ष वीरेन्द्रप्रसाद यादवले जबर्जस्ती काम गराइरहेको स्थानीयको दाबी छ ।

 


पालिका अध्यक्ष यादवले सडक कालोपत्रेका लागि खरिद गरिएका निर्माण सामग्रीको नक्कली बिल बनाई पालिकाका प्रशासकीय अधिकृत रमेश यादवमार्फत बजेट पास गराउन दबाब दिइरहेको स्थानीयले बताए ।