close

नेपालले कतारमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले कतारमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् । 


एएफसी एसियन कप छनोट अघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल संघले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा  जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको कतार फुटबल संघले जनाएको छ ।


कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरू जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । 


नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।