close

लखनऊलाई हराउँदै बैंगलोर क्वालिफायरमा

लखनऊलाई हराउँदै बैंगलोर क्वालिफायरमा

Trulli
ADVERTISEMENT

लखनऊ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

 

अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।

 

बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।

 

लखनऊका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए  ।  


त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो । पराजित लखनऊ प्रतियोगिताबाट बाहिरिएको छ ।