close

दुर्घटनामा परेकी रेणु दाहाल खतरामुक्त

दुर्घटनामा परेकी रेणु दाहाल खतरामुक्त

Trulli
ADVERTISEMENT

ललितपुर। कार दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अवस्था खतरामुक्त रहेको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

 

दाहाल सवार किया कम्पनीको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको थियो ।

 

ललितपुर प्रहरीका अनुसार दाहाल सवार गुडिरहेको गाडीको अचानक टायर पन्चर भएपछि बिजुलीको पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको थियो ।

 

गाडी गुल्मी घर भई ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।

 

भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी भएसँगै उनी काठमाडौँ आएर खुमलटारमा बस्दै आएकी थिइन् ।