close

बसको ठक्करबाट प्रहरीसहित दुईजनाको मृत्यु

बसको ठक्करबाट प्रहरीसहित दुईजनाको मृत्यु

Trulli
ADVERTISEMENT

झापा । शिवसताक्षी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । 

 

निर्वाचन सुरक्षामा खटिएर फर्किंदै गरेका नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरीको मृत्यु भएको हो । 

 

दुर्घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका–८ का चिचोहाङ राईको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 

बुधबार बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।