close

बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका– २ कोठियागाउँकी कौशिका पालको मृत्यु भएको हो । बाख्रा चराउन जंगल गएको वेलामा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो। 

 

डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण बिडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो। 


बाघको वासस्थान रहेको उक्त सामुदायिक वनमा कौशिकाको शव फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ।


तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ।