close

गुजरात टाइटन्स आइपिएलको फाइनलमा

गुजरात टाइटन्स आइपिएलको फाइनलमा

Trulli
ADVERTISEMENT

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा पुगेको छ । मंगलबार राति पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै पहिलो सिजनमै फाइनलमा स्थान पक्का गरेको हो ।

 

जितको लागि १८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै रन बनायो । गुजरातको जितमा डेविड मिलर ३८ बलमा ३ चौका र ५ छक्कासहित ६८ रनमा अविजित रहे । गुजरातलाई अन्तिम १२ बलमा जितको लागि २३ रन चाहिँएको थियो । १९ औं ओभरमा ओबेद म्याकोयले मात्र ७ रन खर्चिए । अन्तिम ६ बलमा गुजरातलाई फाइनलमा पुग्न १६ रन चाहिँएको थियो ।

 

तीव्र गतिका बलर प्रसिद्ध कृष्णलाई अन्तिम ओभरको पहिलो बल डेविड मिलरले लङअन र दोस्रो बलमा डीप स्क्वायर लेगमा लगातार दुई छक्का प्रहार गरेपछि गुजरात जित नजिक पुगेको थियो । तेस्रो बलमा मिलरले छक्का प्रहार गर्दै फाइनल पक्का गराए ।

 

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । 

 

राजस्थानले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच बुधबार हुनेछ ।