close

विश्वकै होचा व्यक्ति 'टिनएजर' को सूचीमा नेपालका  डोरबहादुर खपांगी 

विश्वकै होचा व्यक्ति 'टिनएजर' को सूचीमा नेपालका  डोरबहादुर खपांगी 

Trulli
ADVERTISEMENT

काठमाडौं । सिन्धुलीका डोरबहादुर खपांगी विश्वकै सबैभन्दा होचा 'टिनएजर' (किशोर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका छन् । 

 

गोलन्जोर गाउँपालिका–४ का १८ वर्षीय खपांगीले गिनिज बुक वर्ल्डमा नाम लेखाएका हुन् । उनको उचाइ ७३.४३ सेन्टिमिटर-२ फिट ४.९ इन्च) छ ।

 

उनलाई सोमबार पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले प्रमाणपत्र दिएका हुन् ।

 

उनलाई दिइएको प्रमाणपत्रमा भनिएको छ,'संसारको सबैभन्दा होचो टिनएजर(पुरुष) डोरबहादु खपांगी (१४ नोभेम्बर २००४ जन्म) जसको उचाइ ७३.४३ सेमि छ ।'


यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।