close

बालश्रम रोक्न सरकारले 'श्रम अडिट' अनिवार्य गर्ने 

बालश्रम रोक्न सरकारले 'श्रम अडिट' अनिवार्य गर्ने 

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले बाल श्रम रोक्नका लागि सरकारी र निजी प्रतिष्ठानहरूमा 'श्रम अडिट' अनिवार्य गर्ने भएको छ ।

 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले यस्ताे बताएकी हुन् । 

 

'संघ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्र समेतको समन्वय, सहकार्यमा बाल श्रमिकको उद्धार, पुनःस्थापना र पुनर्मिलन कार्यक्रम सञ्चालन गरिनेछ,' सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, 'सबै सरकारी र निजी प्रतिष्ठानहरूमा श्रम अडिट गर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ ।'