close

संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । सांसदमा इन्धनको मूल्य वृद्धिबारे छलफलका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । 

 

इन्धनको मूल्य अत्यधिक बढेपछि मंगलबार एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले सो प्रस्ताव दर्ता गरेका हुन् । 

 

इन्धनको मूल्यको विरोधमा नेकपा एमाले विद्यार्थी संगठनले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ । 

 

एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।