close

पोखरा महानगरमा मतगणना स्थगित

पोखरा महानगरमा मतगणना स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिकामा मतगणना स्थगित भएको छ ।

 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणनामा अनुपस्थित भएपछि मतगणना स्थगित भएको हो ।

 

२२, ३२ र ३३ नम्बर वडाको मतगणना रोकिएपछि निर्वाचन आयोगले नेकपा एमालेलाई तत्काल मतगणनामा उपस्थित भएर सहयोग गर्न अनुरोध गरेको छ । 

यसअघि नेकपा एमालेले वडा नम्बर १८ र ३१ मा मतपेटिकामा मुचुल्का तयार गरिएको भन्दा कम मतपत्र भेटिएको भन्दै पुन मतगणना गर्न अनुरोध गरेको थियो । 

 

पोखरामा मतगणना गर्दा पोखरा महानगरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

६ महानगरमध्ये नेकपा एमालेले कुनै पनि नगरमा आफ्नो उपस्थिति जनाउन सकेको छैन ।