close

पोखरा  महानगर–१७ मा महिला वडाध्यक्षसहित एमालेको प्यानलै  विजयी

पोखरा  महानगर–१७ मा महिला वडाध्यक्षसहित एमालेको प्यानलै  विजयी

Trulli
ADVERTISEMENT

पोखरा । पोखरा १७ मा महिला वडाध्यक्ष राधिकाकुमारी शाहीसहित एमालेको प्यानल नै विजयी भएको छ ।

 

पोखरा महानगरपालिकामा एक मात्र महिला विजयी भएकी छन् । पोखरा १७ को वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएकि राधिका शाही योगीले कांग्रेसबाट उम्मेदवारी दिएका देवराज आचार्यलाई ८२ मतले हराउँदै विजयी भएकी हुन् ।

 

शाहीले २६२५ मत ल्याउदा आचार्यले २५४२ मत ल्याएका छन् ।

यस्तै, महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार, खुला सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भएका छन् ।