close

संसदीय सुनुवाइ समितिबाट राजदूतमा मिश्र र रायको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिबाट राजदूतमा मिश्र र रायको नाम अनुमोदन

Trulli
ADVERTISEMENT

काठमाडौं । संसदीय सुनुवाइ समितिले दुईजना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

 

श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत डा. रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो ।

 

संसदीय समितिले अनुमोदन गरेपछि अब मिश्र र राय दुवै जनाको नियुक्तिको बाटो खुला भएको छ । 

 

सरकारको सिफारिसमा संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।