close

पेट्रोलियम पदार्थको मूल्यविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले गर्‍यो मसाल जुलुस प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले गर्‍यो मसाल जुलुस प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।

 

सोमबार पेट्रोलियम पदार्थको मूल्य दिनप्रतिदिन बढिरहेका बेला अनेरास्ववियुमा आवद्ध विद्यार्थीले मसाल जुलुस निकालेका हुन् । जुलुस  त्रिचन्द्र क्याम्पसबाट सुरु भएको हो । 

 

सरकारले पछिल्लो समय मात्रै पछिल्लो एक हप्ताका बीचमा पेट्रोलमा एक लिटरमै २० रुपैयाँ मूल्य बढेको छ ।

 

त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो । नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।