close

लौरोले पाएको मत ओलीप्रतिको वितृष्णा हो : प्रवक्ता महत

लौरोले पाएको मत ओलीप्रतिको वितृष्णा हो : प्रवक्ता महत

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले धरान र काठमाडौंमा लौरोले पाएको मत केपी ओलीविरुद्धको मत भएको बताएका छन् । 

 

सोमबार राजधानी काठमाडौंमा नेपाली कांग्रेसले पत्रकार सम्मेलनका क्रममा उनले धरानमा नेपाली कांग्रेसले पपुलर उम्मेदवार उठाएको बताउँदै महतले ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

 

साथै, उनले लौरोले पाएको मतको आफूहरूले नोटिस गरेको पनि बताएका छन् । 

 

‘यसमा ओलीजीको शासनसत्ता रह्यो । त्यसको परिणाम तथा प्रतिक्रिया हो यो । त्यसको घानमा नेपाली कांग्रेस पनि परेको मात्रै हो । मूलभूत पाँच वर्षका लागि निर्वाचित भएर आएको दल एमालेलाई दिएको म्यान्डेडको प्रतिक्रिया हो । त्यसको असर अरूले पनि व्योहोर्नुपर्ने हुन्छ । हामीले यसलाई यसैगरी लिएका छौँ,’ उनले भने ।