close

छोराको बिहे हुने निश्चित भएपछि खुशियाली मनाएर सुतेका बाबु-छोराको वीभत्स हत्या

छोराको बिहे हुने निश्चित भएपछि खुशियाली मनाएर सुतेका बाबु-छोराको वीभत्स हत्या

Trulli
ADVERTISEMENT

सिरहा । गएराति बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

 

सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको वीभत्स हत्या भएको हो।

 

सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो । विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु-छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

 

राति १२ बजेसम्म स्थानीयहरू आएर रमाइलो गरेका थिए । त्यसपछि फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए। 

 

प्रहरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।

 

घटनास्थललाई प्रहरीले सिल गरेको छ भने थप अनुसन्धान गर्न तालिम प्राप्त कुकुर समेत प्रयोग गरी अनुसन्धान भइरहेको प्रहरी्ले जनाएको छ ।