close

देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार बिहान बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ ।

 

दिउँसो देशभर आंशिकदेखि  सामान्य बदली  रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ  र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ ।

 

देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।