close

आईपीएलको प्लेअफ समीकरण पूरा

आईपीएलको प्लेअफ समीकरण पूरा

Trulli
ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मुम्बईले दिल्ली क्यापिटल्सलाई शनिबार पाँच विकेटले पराजित गरेको छ ।

 

यो नतिजाले रोयल च्यालेन्जर्स बेंगलोर प्रतियोगिताको प्ले अफका लागि छनोट भएको छ । जितका लागि १६० रन पछ्याइरहेको मुम्बई १४.३ ओभरमा तीन विकेट गुमाएर ९५ रनको स्थितिमा थियो ।

 

तर टिम डाविडले खेलको अन्त्यतिर गरेको आक्रामक प्रदर्शनसँगै मुम्बईले जित हासिल गरेको हो । डाविडले ११ बलमा ३४ रन बनाएपछि मुम्बई पाँच बलअघि नै जितसम्म पुग्न सफल रह्यो । निश्चित जित आवश्यक खेलमा पराजित भएपछि दिल्लीको शीर्ष चारको सम्भावना समाप्त भएको हो ।

 

गुजरात टाइटन्स र राजस्थान रोयल्स शीर्ष दुई स्थानमा रहे भने त्यसपछि लखनउ सुपर जायन्ट्स र बेंगलोर रहे ।  आइतबार लिग चरणको अन्तिम खेलमा सनराइज हैदरावाद र पंजाव किंग्स भिड्ने छन् । यद्यपि उक्त जितहारको कुनै औपचारिक अर्थ हुने छैन ।

 

पहिलो क्वालिफायरमा मंगलबार गुजरात र राजस्थान भिड्ने छन् भने बुधबारको इलिमिनेटरमा लखनउले बेंगलोरको सामना गर्नेछ ।