close

नेपालसँग युगान्डा पराजित, तर उपाधि युगान्डालाई

नेपालसँग युगान्डा पराजित, तर उपाधि युगान्डालाई

Trulli
ADVERTISEMENT

काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई  पराजित गरेकाे छ । नेपालले युगान्डालाई  ३४ रनले पराजित गरेको हो।

 

तर, अन्तिम दुई खेलमा जित निकाले पनि सिरिज भने अघिल्लो तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले उपाधि जितिसकेको छ।

 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले युगाण्डालाई १२४ रनको लक्ष्य दिएको थियो ।

 

युगान्डाका लागि भने ओपनरद्वय केविन अविनोले १५, फियोना कुलुमी र साकिरा साडिकले ८- ८, जनेत बाबाजीले १०, रीता मुसामानी २६, सुसन ककाइले ७ रन जोडिन् । नेपालका लागि ईन्दु बर्मा र सीता राना मगरले २/२ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र हिरनान्माये रोयले समान १/१ विकेट लिए ।