close

बिहीबार दलाई लामासँग भेट गरेकी अमेरिकी उपमन्त्री शुक्रबार नेपाल आइपुग्दै

बिहीबार दलाई लामासँग भेट गरेकी अमेरिकी उपमन्त्री शुक्रबार नेपाल आइपुग्दै

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया शुक्रबार काठमाडौं आइपुग्ने भएकी छन् ।

 

मंगलबार नयाँदिल्ली उत्रिएकी अमेरिकी उपप्रधानमन्त्री जिया शुक्रबार नेपाल आइपुग्ने भएकी हुन् । नेपाल आउनुअघि उनले बिहीबार  तिब्बती दलाई लामासँग पनि भेट गरेकी छन् ।

 

४ औँ दलाई लामासँग धर्मशालामै पुगेर भेटवार्ता गरेकी उनले भारतमा रहेका तिब्बतीहरूसँग पनि भेट गरेकी  थिइन् । 

 

अमेरिकी विदेश मन्त्रालयकाअनुसार जियाको भ्रमणमा मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन भारत र नेपालमा केन्द्रित हुने उल्लेख भए पनि उपमन्त्री जियाले नेपाल सरकारका उच्च अधिकारीसहित तिब्बती शरणार्थीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

 

तिब्बत छाडेर भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामासँग भेट गरी हुन लागेको उनको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।