close

काठमाडौंलाई गाली गर्ने कार्यक्रममा बालेन

काठमाडौंलाई गाली गर्ने कार्यक्रममा बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह (बालेन्द्र) ले बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा महानगरपालिकालाई निशाना बनाएको भन्दै असन्तुष्टि जनाएका छन् । 

बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरूका लागि सञ्चालन गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा सोमबार सहभागी भएपछि उनले असन्तुष्टि पोखेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो।’​

दुई दिन सञ्चालन हुने कार्यक्रममा जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन विधिबारे अभिमुखीकरण तालिम दिने प्रदेश सरकारले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन मुख्यमन्त्री राजेन्द्र पाण्डे, राष्ट्रियसभाका सांसद तथा संघीयताविज्ञ डाक्टर खिमलाल देवकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम मंगलबार सम्पन्न हुँदैछ ।