close

यस्तो रहनेछ, आजको मौसम

यस्तो रहनेछ, आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । जल तथा विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज(मंगलबार) प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा मौसम सफा रहने जनाएको छ । 

विभागका अनुसार प्रदेश–१ का धेरै, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ जर्गनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, प्रदेश–१ एक दुई स्थानमा भार वर्षको सम्भावना छ । 

त्यस्तै, आज राति प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेका पहाडी भू–भागहरुमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्य रहने विभागले बताएको छ ।