close

सर्‍यो राष्ट्रिय सभा बैठक

सर्‍यो राष्ट्रिय सभा बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभा बैठक असार २ गतेसम्मका लागि सरेको छ । 

यसअघि बुधबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबार एक सूचना जारी गर्दै राष्ट्रिय सभाले बिहीबारका लागि सरेको जानकारी दिएको हो । 

राष्ट्रिय सभाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल असार १ गते बुधबारका दिन अपराह्न १ बजेका लागि बोलाइएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावाली, २०७५को नियम ६को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७९साल असार २ गते बिहीबार अपराह्न १ः००बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’