close

विश्वविद्यालयमा तालाबन्दी गरेर प्रेसर दिने कुरा सही होइन : शिक्षामन्त्री

विश्वविद्यालयमा तालाबन्दी गरेर प्रेसर दिने कुरा सही होइन : शिक्षामन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कुनै माग राखेर विश्वविद्यालयमा तालाबन्दी गरेर प्रेसर दिन कुरा सही नभएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा  सा‌ंसदहरूले मन्त्रालयगत बजेटमाथि उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

‘विश्वविद्यालयमा तालाबन्दी गरेर माग प्रस्तुत नगर्न अनुरोध गर्न चाहन्छु । शैक्षिक माग, प्राध्यापकका माग, विद्यार्थीका माग, कर्मचारीको मागका विषयमा टेबुलमा बसेर विहंगम छलफल गर्न सक्छौं,’ उनले भने , तालाबन्दी गरेर प्रेसर दिएर अगाडि बढ्ने कुरा सही छैन, त्यो संस्कार सही छैन, त्यो प्रवृत्तिलाई अघि बढ्न दिनु हुन्न ।’