close

आइजिपीका लागि पोखरेल योग्य पात्र होइनन् : महान्यायाधिवक्ता

आइजिपीका लागि पोखरेल योग्य पात्र होइनन् : महान्यायाधिवक्ता

Trulli
ADVERTISEMENT

काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल प्रहरीको महानिरीक्षकका लागि विश्वराज पोखरेल योग्य नरहेको दाबी गरेका छन् ।

नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ । सोमबार भएको सुनवाइमा प्रतिवादीको तर्फबाट बहस गरिरहेका खातीले यस्तो तर्क गरेका हुन् ।

'आइजिपीका लागि उपयुक्त पात्र धीरजप्रताप सिंह नै हुन् । विश्वराज पोखरेल पनि प्रतिस्पर्धी हुन् तर आइजिपीका लागि योग्य होइनन्,' बहसका क्रममा खातीको दाबी थियो ।

साथै उनले आइजिपीका लागि उपयुक्त पात्र बन्न हुन आवश्यक कार्यक्षमता हेरेरै सरकारले निर्णय गरेको बताए। 'आइजिपी बनाउने कुरा सरकारको विशेषाधिकारभित्र पर्छ,' उनले भने, 'सरकारले विश्वराजलाई उपयुक्त देखेन । उपयुक्त नदेखेको व्यक्तिलाई ज्येष्ठताकै आधारमा आइजिपी बनाउनु पर्छ भन्ने छैन ।'

यसअघि सात जना न्यायाधीशको इजलासले पनि सरकारको विशेषाधिकारबारे व्याख्या गरिसकेको विषय पनि उनले बहसका क्रममा स्मरण गराएका थिए । सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् ।