close

अछामवाट एकीकृत समाजवादीले खोल्यो खाता

अछामवाट एकीकृत समाजवादीले खोल्यो खाता

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा एमालेबाट अलग भई सत्ता गठबन्धनमा सहभागी भएको नेकपा एकीकृत समाजवादीले सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा  खाता खोलेको छ । अछाम १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन् । उनी नेकपा एसका केन्द्रीय सदस्य तथा श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्रीसमेत हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका प्रभावशाली नेता भिम रावललाई टिकट नदिएर एमाले नेता झपट बोहरालाई टिकट दिएसँगै अछाम –१ को राष्ट्रिय राजनीतिमा पनि निकै चर्चा भएको थियो । अन्तत मंसिर ४ को निर्वाचनको परिणाम अनुसार एकीकृत समाजवादीका कुँवर ४ हजार ४सय ८९ मतान्तरले विजयी भएका छन् । 

उनले १९हजार ५सय ३४ मत ल्याउँदा एमालेका झपट बोहरा १५हजार ४५ मतमा रोकिएका थिए । अघिल्लो पटक यो क्षेत्रबाट एमाले नेता भीम रावल विजयी भएका थिए । दुईवटा निर्वाचन क्षेत्र रहेको अछाम–१ के मतपरिणाम सार्वजनिक भईसकेको छ भने अछाम दुईमा मतगणना जारी रहेको छ ।