close

५० प्रतिशत अनुदानमा बोयर बोका वितरण गर्दै गोदावरी

५० प्रतिशत अनुदानमा बोयर बोका वितरण गर्दै गोदावरी

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले ५० प्रतिशत अनुदान बोयर बोका कार्यक्रममा सहभागी हुने अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक स्थानीय बासिन्दाले मंसिर २५ गतेसम्म पालिकाको पशु सेवा शाखामा निवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । ७५ प्रतिशत  जातीय गुण हुने बोयर बोका ५० प्रतिशत अनुदानमा वितरण हुने पालिकाले जनाएको छ । 

निर्धारित समयभन्दा पछि निवेदन दिएमा खारेज हुने सो सूचनामा उल्लेख गरिएको छ ।