close

लागतअनुसारको मूल्य नपाएपछि तरकारी सडकमा

लागतअनुसारको मूल्य नपाएपछि तरकारी सडकमा

Trulli
ADVERTISEMENT

चितवन । उत्पादन अनुसारको मूल्य नपाएपछि किसानले तरकारी फालेर विरोध जनाएका छन् । स्वदेशी तरकारीले उत्पादन अनुसारको मूल्य नपाएको भन्दै नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् । 
 
विरोधमा उनीहरुले गोल्भेडा, बन्दा, काउली, पर्वर, सागलगायतको तरकारी फालेर आन्दोलन गरिएको जनाएको छ । भारतीय तरकारी आयातले आफूहरुले मूल्य नपाएको गुनासो उनीहरुको छ । 

किसानको लागतअनुसारको मूल्य निर्धारण गर्नको लागि सरकारसँग पटकपटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको कृषक लेखनाथ पौडेलले बताए । प्लेकार्डसहित आन्दोलनमा उत्रिएको उनले बताए ।