close

नगरप्रमुख प्रजापतिद्धारा प्रमाणपत्र वितरण

नगरप्रमुख प्रजापतिद्धारा प्रमाणपत्र वितरण

Trulli
ADVERTISEMENT

 भक्तपुर । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिले आधारभूत तालिम लिएका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा नगरप्रमख प्रजापतिले   ६ महिने बुटिक, ६ महिने हेयर कटिङ, ४ महिने पाक शिक्षा र ६ महिने आधारभूत सिलाई तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । 

 उनले सीप भएका युवाहरू कहिल्यै बेरोजगार बस्न नपर्ने र सीप भएका व्यक्ति आत्मनिर्भर हुने बताए ।  नगरपालिकाले नगरबासीहरूका लागि विभिन्न सीपमूलक तालिम सञ्चालनले सिंगो नगर र नगरबासीलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने बताउँदै व्यक्तिको सीप र गुणको समाजमा छुट्टै महत्व हुने उनले बताए ।

 शिक्षित समाजले समाजलाई सही दिशातिर दो¥याउने बताउँदै प्रमुख प्रजापतिले असल संगतले असल व्यवहार र अनुशासन सिकाउँने हुँदा नयाँ पुस्तालाई सही दिशानिर्देश गर्न अभिभावक र शिक्षकहरुले मेहेनत गर्नुपर्ने बताए ।

 भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्यलाई साकार पार्न भक्तपुर नपाले समयसापेक्ष गतिविधिलाई जोड दिँदै विश्वको आकर्षक सहरको रुपमा भक्तपुरको विकास भइरहेको उनले बताए ।

 उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले महिला र पुरुषबीचको विभेद अन्त्यको लागि महिलाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा अगाडि बढाउने लक्ष्यका साथ महिलालक्षित तालिमलाई विशेष जोड दिँदै आएको बताए ।