close

न्यायमा पहुँच बढाउन वडास्तरीय जनचेतनामूलक कार्यक्रम

न्यायमा पहुँच बढाउन वडास्तरीय जनचेतनामूलक कार्यक्रम

Trulli
ADVERTISEMENT

धनकुटा- सहिदभूमि गाउँपालिकामा वडास्तरीय चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयहरुको न्यायमा पुहँच अभिबृद्धि गर्ने उद्धेश्यले पर्डेप नेपालले पालिकामा वडास्तरीय चेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । 

 स्थानीय न्यायिक समितिको क्षेत्राधिकारमा रहेका मुद्दाहरुमा पीडितहरुको सहज पहुँच पु¥याउन र सहज रुपमा न्याय सम्पादनको वातावरण बनाउन वडा तहमा पुगेर चेतनामूलक अभियान सञ्चालन गर्दै आएको हो। युएनडीपी नेपालको आर्थिक सहयोगमा महिला तथा सिमान्तकृत समूहको न्यायमा पहुँच बृद्धिका लागि सामुदायिक संस्था मार्फत कानुनी सहायता परियोजना कार्यक्रमबाट न्यायमा पहूँच कार्यकम सञ्चालन हुँदै आएको हो।

गाउँघरमा हुने हिंसा, विवाद र घटनाको बारेमा सचेतना फैलाउँदै स्थानीय तहको न्यायिक क्षेत्राधिकार, न्याय निरुपणका प्रक्रिया, समयावधि र कानुनी सहायताका बारेमा समेत जानकारी दिदै आएको पर्डेप नेपालका अध्यक्ष मिनप्रसाद सुवेदीले बताए । गाउँघरमा न्यायिक प्रक्रियाका बारेमा धेरैले नबुझेको हुँदा न्याय प्रक्रियामा जान र न्याय पाउन सहज हुने गरि कार्यक्रम गरिएको सुवेदीले बताए ।

वडा तहमा नै आएर सञ्चालन गर्दा न्यायमा पुहँच पु¥याउन पीडितहरुले जान्नु पर्ने प्रक्रियाका बारेमा जानकारी दिएपछि पीडितहरु न्याय पाउने प्रक्रियाका बारेमा जानकार भएको सहिदभुमि गाउँपालिका–१ का तिर्थ राईले बताए ।

पीडितहरुको न्यायमा पहुँच पुर्याउन र अपराधको न्यूनिकरण गर्नका लागि उच्च सरकारी वकिल कार्यालय, धनकुटाकी सहन्यायाधीवक्ता मीना गुरूङ, अधिबक्ता पूजा भण्डारी र परियोजना संयाजक खिन्द्र अधिकारीले हिंसा, अपराध, अधिकार, कर्तव्य र कानुनी प्रक्रियामा बारेमा सचेत पार्न वडा तहमै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । 

 हिंसाका कारण, अवस्था र न्यायिक प्रक्रियाका बारेमा वाडाबासीहरुलाई बुझाउने उद्धेश्यले कार्ययोजना बनाएरै कानुनी सचेतना कार्यक्रमहरु सञ्चालन गरिदै आइएको र यसलाई निरन्तरता दिने पर्डेप नेपालका परियोजना संयोजक खिन्द्र अधिकारीले बताए । परियोजनाले धनकुटाको सहिदभूमी गाउँपालिका र भोजपुरको पौवादुङमा गाउँपालिकामा न्यायमा पहुँच कार्यक्रम सञ्चालन गर्दै आएको छ।